नियम
घर जग्गा मूल्याङ्कन तालिका तयार गर्ने

५. घर जग्गा मूल्याङ्कन तालिका तयार गर्ने

(१) शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्कन गर्नको लागि नियम ४ बमोजिम गठित समितिले देहायमा लेखिएको सिद्धान्तको आधारमा ठाउँ ठाउँको निरीक्षण गरी मूल्याङ्कन तालिका तयार गरी नेपाल सरकारमा पेश गर्नेछ ।

(क) सम्बन्धित शहरी क्षेत्रभित्र नयाँ घर बनाउँदा तत्काल लाग्ने माल सामानाको मोल तथा ज्यामी, सिकर्मी, डकर्मी, ज्याला र घर

बनाउनलाई चाहिने कुरा समतेको विचार गरी प्रति वर्गफूटको कति खर्च लाग्छ । सम्पूर्ण शहरी क्षेत्रको निमित्त त्यसको औसत

लागत खर्च (एभरेजकष्ट) को आँकडा अनुसूची–२ मा लेखिए बमोजिम तयार गर्ने,

 

(ख) सम्बन्धित शहरी क्षेत्रको व्यापारिक स्थिति, शिक्षण संस्था, पानी बिजुलीको सुविधा, मनोरञ्जनको साधन, ढल जस्ता गृहस्थ

जीवनको आधुनिक सुविधाहरू आदिको आधारमा सम्पूर्ण शहरी क्षेत्रलाई आवश्यक जति अञ्चलमा विभाजित गरी ती अञ्चलहरू मध्ये सबभन्दा कम महत्वको अञ्चलमा माथि खण्ड

(क) बमोजिम तयार भएको औसत लागत खर्च कायम गरी बाँकी अरु अञ्चलमा रहेको घरहरूलाई कति प्रतिशतको हिसावले थप्नुपर्ने हो विस्तृत सर्भेक्षण गरी ठहराई अनुसूची–३ मा लेखिए बमोजिम तालिका सूची तयार गर्ने,

(ग) कुनै सडकको दायाँ बायाँ मोहडाको घरको मोल गल्ली वा चोक भित्रको घरहरूभन्दा बढी हुने र शहरको मुख्य सडकमा रहेकोे

घर जग्गाको मोल अरु घर जग्गा भन्दा बढी हुने हुँदा यस्ता महत्वपूर्ण र मुख्य मुख्य सडकको नाम समेत त्यसको अगल वगल मोहडामा रहेकोे घर जग्गाहरूलाई माथि खण्ड (ख) मा उल्लिखित भएका औसत लागत खर्च औ महत्व तालिकामा कति प्रतिशत बढी थप्नु पर्ने हो ? विभिन्न ठाउँ तथा सडकको निरीक्षण गरी ठहराई अनुसूची–४ मा लेखिए बमोजिमको तालिका सूची तयार गर्ने,

(घ) माथि लेखिएको खण्ड (क), (ख) र (ग) मा उल्लेख गरिए बमोजिम तालिकाको आधारमा नयाँ घरको मोल कायम हुन आएपछि स्थानीय आवहवा र त्यस स्थानको अरु वस्तुस्थिति समेतको विचार गरी पुराना घरको निमित्त माथि खण्ड(क) बमाोजिमको आँकडाको साल एकको कति प्रतिशतसम्म टुटुफुट अङ्क (डिप्रिसियशन) मिन्हा दिनु पर्ने र यसै किसिमको मिन्हा कति सालसम्म दिनु पर्ने हो सो कुराको यकिन गरी अनुसूची ५ मा लेखिए बमोजिम सूची तयार गर्ने,

(ङ) घरको साथ जग्गा भएमा सो घरको महत्वको हिसाबबाट माथि खण्ड (क), (ख) र (ग) को सिद्धान्त अनुसार त्यस्तो जग्गाको

पनि औसत मोल अञ्चल महत्व तथा सडक महत्व आँकडा तयार गर्ने ।

(२) उपनियम (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा उल्लेख गरेको तालिकाबाट घर जग्गाको मोल कायम गरी हुन आएको रकम त्यस्तो जग्गाको मोल कायम भएको मानिने छ र समितिले सबै विवरण खोली कर विभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश भएको आँकडा र मूल्याङ्कन गरिएको घर जग्गाको मोलमा नेपाल सरकारले हेरफेर गर्न चाहेमा सो समेत गरी शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्कन तालिकामा जनसाधारणले हेर्न सक्ने गरी हरेक कर अड्डाको सूचना पाटीमा टाँसिने छ ।

(४) उपनियम (३) अन्तर्गत प्रकाशित गरिएको स्वीकृत मूल्याङ्कन सूची ( तालिका) नेपाल सरकारको अर्को आदेश नभएमा सो प्रकाशित भएको मितिले ५ वर्षसम्मलाई मान्य हुनेछ ।